नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) ।पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ । रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङमले बताए । भगवान बुद्धको सिङ्गो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम उत्तर क्षेत्रमा भग्नावशेष…