५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

च्याम्पियन्स लिग : एट्लेटिको मड्रिड र म्यानचेस्टर सिटी विजयी, बार्सिलोना पराजित



एजेन्सी ।
च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा समूह ‘ई’ मा रहेको एट्लेटिको मड्रिडले लाजियोलाई २–० गोल अन्तरले हराएको हो ।

जितसँगै १४ अंक जोडेको एट्लेटिको मड्रिड समूहको शीर्ष स्थानमा छ । लाजियो भने १० अंक जोडेर दोस्रो स्थानमा छ ।

यस्तै, समूह ुजीुको खेलमा म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल अन्तरले हराएको छ । १८ अंकसहित शीर्ष स्थानमा रहेको सिटी अहिलेसम्म अपराजित छ ।

यस्तै, समूह ‘एच’ को खेलमा बार्सिलोना पराजित भएको छ । रोयल एन्टवीपसँग बार्सिलोना ३–२ गोलले पराजित भएको हो । बार्सिलोना १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । रोयल भने ३ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति : २८ मंसिर २०८० बिहिबार ००:००  ७ : २९ बजे