बुटवल ।बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीवार बुटवल आउँदैछन् । बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर जोड्ने केबलकारको बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । दाहालसँगै नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्…