८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिद्यालयका समस्या अन्त्य गर्न शैक्षिक सुधारको योजना बनाउँदै मालारानी

नबिन के.सी, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका शिक्षा शाखाको आयोजनामा मालारानी गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि बिद्यालयका प्रधानाध्यापक र पालिकाका कर्मचारी एवम् जनप्रतिनिधि बीच अन्तरसंवाद सम्पन्न भएको छ । पालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको समस्या तथा बिद्यालयले गर्नुपर्ने कार्य र पालिकाले खेल्नुपर्ने भूमिकाको बिषयमा अन्तरसंवाद भएको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो ।…