मायादेवी अनलाइन । कपिलवस्तुका बिभिन्न नदीबाट नदीजन्य पदार्थको चोरी तस्करी भैरहेको छ । कहाँसम्म भने वाणगंगा नदी लगायतका विभिन्न नाकाहरुबाट प्रहरीकै मिलेमतोमा बालुवा, गिट्टीको अवैध निकासी भैरहेको छ । बाणगंगा नदीका विभिन्न नाका बन्द भएको अवस्थामा रातभरमै प्लटमा नदीजन्य पदार्थ थुप्रिनुले रातभर नदीजन्य पदार्थको चोरी हुने गरेको प्रष्टिन्छ । बाणगंगा पुलको उत्तर र दक्षिण, कोपवा…