भैरहवा ।लुम्बिनीमा जम्मा भएको विदेशी मुद्राको सटही प्रक्रिया अघि बढेको छ । नेपाल राष्ट्र बैंकको परिवर्त्य मूल्यको सूचीमा नपरेका मुलुकका श्रद्धालुले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । सटही हुन नसकेका मुद्रामा म्यानमारको ११ करोडभन्दा धेरै क्याट, भियत नामको ८ करोड ९९ लाख दोङ, इन्डोनेसियाको ३ करोड रुपैयाँ, कम्बोडियाको ६२ लाखभन्दा…