११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

दाङमा एक पुरुष मृत फेला

दाङ । दाङमा एक जना पुरुष मृत भेटिएका छन् । दाङको शान्तिनगर गाउँपालिका–४ का ६२ वर्षीय लालबहादुर घर्ती मृत अवस्थामा भेटिनुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो । हिजो बिहानै वनतर्फ गएका उहाँ दिउँसोसम्म घर नआएपछि परिवारले खोजी गर्दै जाँदा मृत भेटिनुभएको हो ।