दाङ । दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका २६ वर्षीय गोविन्द केसी र तुलसीपुर ५ बसपार्कका १९ वर्षीय आशिष परियार रहेका छन् । उनीहरुले गएराति तुलसीपुरबाट जुम्लेकुला जाँदै गरेको भे १ ह ५४४३ अटो नियन्त्रणमा लिइ शान्तिनगर गाउँपालिका-४ रानीवनको जङ्गलमा लुटपाट गरेका प्रहरीले जनाएको छ । अटो चालकको साथमा रहेको २ हजार ९ सय…