दाङ । दाङको तुलसीपुरमा गएराति भएको खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ परेका छन् । खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उमपेयर पदका उम्मेदवार ४६ वर्षका सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी घटनामा संलग्न रहेको आरोप लागेका सुशीलका छोरा २४ वर्षका सुमन नेपाली, २० वर्षका सुदन नेपाली फरार रहेको…