बिष्णु कुमार आले, अर्घाखाँची । रोल्पाको रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ६ जना…