२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सुनसान बन्दै पुर्खाले ‘नुन’ किन्ने ‘पथ्थरकोट बजार’

दिपक अनुरागी, कपिलवस्तु (पथ्थरकोट) । पहाडको खोच, समथल तराईको ‘सिराना’मा छ पथ्थरकोट । अर्घाखाँचीको सिमानासंग जोडिएको पथ्थरकोट कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पर्छ । पूर्वपश्चिम राजमार्गको गोरुसिंगे चोकबाट ११ किलोमिटरको दुरीमा पर्ने यो बजार कुनै एक ‘जमाना’को पुख्यौली चर्चित बजार हो । ‘बुढापाका’ले बताए अनुसार १९९५ सालदेखि पथ्थरकोटमा बजार बसेको हो । नुन, तेल, लत्ताकपडा देखि सुनसम्म…