काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि फिर्ता अभियान नेपाल र नेपालीको साझा भावना भएको बताएका छन् । बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्रीको कार्यालय अन्तरगतको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएको बताउँदै अब यो पुस्ताले अडिन सकेमा सार्वभौमिकता र भौगोलिक अखण्डता जोगिने उल्लेख…