काठमाडौं, १७ साउन । सर्वोच्च अदालतको फैसलापछि अब भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले फेरि मतदानको लागि तयारी थालेको जनाएको छ । सर्वोच्चको फैसला अध्ययन गरेपछि मतदानको मिति टुंगो लाग्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । ‘आज एकपटक फैसला अध्ययन गर्छौं, त्यसपछि निर्णय हुन्छ’…