कपिलवस्तु ।कपिलवस्तुका विद्यार्थी नेता टिआर पाण्डे नेपाल विदयार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार बिभिन्न व्यक्तिहरुलाई मनोनयन गर्ने क्रममा पाण्डे पनि परेका हुन् । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१० केन्द्रिय सदस्य मनोनयन गरेका थिए…