काठमाडौँ ।सरकार र गौर हत्याकाण्डका पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए । संघर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीच आज पाँच बुँदे सहमति भएको हो । मन्त्रालयका तर्फबाट सहसचिव…