१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

विप्लव नेतृत्वको नेकपाका ४५० नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

भक्तपुर, साउन २२  ।  नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा आइतबार पार्टी परित्याग गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत उनीहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । जनयुद्धको लक्ष्य विपरीत पछिल्लो समय मनोगतवादी चिन्तन, अकर्मण्यतावाद, गोलचक्करवादी कार्यदिशा, अमूर्त दिशाहीन आन्दोलनलगायत क्रियाकलाप पार्टीभित्र बढ्दै…