काठमाडौं, २७ साउन । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झा लगायतका नेता नेकपा माओवादी केन्द्रमा नै क्रियाशील हुने निर्णय गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्रमा आवद्ध हुन सहमत हुनुभएको हो…