काठमाडौं, २७ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शुक्रबार बिहानै त्रिभुवन विमानस्थलको गोल्डेन गेटअगाडि हातमा बेल्चा बोकेर सडक सफा गर्दै देखिनुभयो । साथमा हुनुहुन्थ्यो उपमेयर हरिप्रभा खड्गी, कामनपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल पनि । महानगरले आयोजना गरेको क्लिन द सिटी सरसफाइ अभियान उद्घाटन गर्न मेयर, उपमेयर तथा महानगरका कर्मचारीहरु विमानस्थल आइपुग्नुभएको हो ।…