काठमाडौं ।आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ । भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना…