११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

पीएसजीले डर्टमण्डलाई हरायो



काठमाडौं ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३/२४ मा विजयी सुरुआत गरेको छ ।

समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २(० ले हरायो ।

पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले दोस्रो हाफमा गोल गरे ।

एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

अर्को गोल हाकिमीले ५८औं मिनेटमा भिटिन्हाको पासमा गरे ।

ग्रुप अफ डेथ मानिएको समूह एफकै अर्को खेलमा इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युकासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दुई दशकपछि च्याम्पियन्स लिगमा पुनरागमन गरेको न्युकासलले बराबरीबाट यात्रा सुरु गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८० बुधबार ००:००  ९ : ५८ बजे