१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रोएल एन्तवर्पको पोष्टमा बार्सिलोनाको ५ गोल



काठमाडौं ।
युरोपियन च्याम्पियन्स लिग २०२३/४ अन्तर्गत सिजनको पहिलो खेलमा स्पानिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ ।

जाआओ फेलिक्सले दुई गोल गरेपछि समूह एचको खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोएल एन्तवर्पलाई ५-० ले सहजै हरायो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि खेलको ११औं मिनेटमै फेलिक्सले एक्ले गुन्डोगानको पासमा गोल गरी अग्रता दिलाएका थिए ।

त्यसपछि फेलिक्सकै पासमा रोवर्ट लेवान्डोस्कीले १९औं मिनेटमा गोल गरी बार्सिलोनाको अग्रता दोब्बर पारे ।

एन्तवर्पका जे बट्टाइलेले २२औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

५४औं मिनेटमा गावीले बार्सिलोनाका लागि चौथो गोल गरे ।

६६औं मिनेटमै फेलिक्सले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि पाँचौ गोल गरे ।

जितपछि बार्सिलोनाले समूह एचमा तीन अंक जोडेको छ ।

यस समूहको अर्को खेलमा पोर्चुगिज क्लब पोर्टोले युक्रेनी क्लब शाख्तर डोनेस्कलाई ३-१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८० बुधबार ००:००  १० : ०८ बजे