१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टोटेनह्यामसँग सेफिल्ड युनाइटेड पराजित



काठमाडौँ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपरले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । खेलको ९८औँ मिनेटसम्म १–० ले पछि रहेको स्थितिलाई उल्टाउँदै घरेलु मैदानमा टोटेनह्यामले २–१ को जित निकालेको हो ।

थप गरिएको १२ मिनेट समयको नवौँ मिनेटमा रिचार्लिसनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत् गोल गरे । त्यसको दुई मिनेटपछि उनकै पासमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटेनह्यामलाई लगातार जित दिलाए ।

यो जितसँगै ५ खेलमा चारमा जित र एकमा बराबरीसहित टोटेनह्याम १३ अङ्क जोडेर दोस्रो स्थानमा छ । सेफिल्ड भने ५ खेलमा १ अङ्ककासाथ १७औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८० आइतबार ००:००  ७ : ४० बजे