१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर, अब ४० रुपैयाँ सापटी लिन मिल्ने



काठमाडौं, साउन १७ । 

एनसेलका ग्राहकले अब ‘डबल सापटी’ अफर प्रयोग गर्न पाउने भएका छन् । एनसेलले सापटी सेवा सुरु गरेको पाँच वर्षपछि ‘डबल सापटी’ अफर ल्याएको हो ।

जसमा ग्राहकले उही सेवा शुल्कमा अब ४० रुपैयाँ सापटी लिन पाउनेछन् । सापटी योजना भोलि बुधबारबाट लागु हुनेछ । यसका लागि सेवा शुल्क करबाहेक दुई रुपैयाँ लाग्ने एनसेलले जनाएको छ । मोबाइलमा मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएको बेला  सापटी लिन सकिनेछ ।

दुई महिना वा सो भन्दा बढी समयदेखि एनसेल प्रिपेड सिमप्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी लिन सक्ने एनसेलले जनाएको छ । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रिपेड सेवाकाग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार सापटी लिन सक्नेछन् । त्यसै गरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्ने एनसेलले जनाएको छ । सापटी स्वरुप लिइएको ४० रुपैयाँ र सेवा शुल्क बापतको करबाहेकको दुई रुपैयाँ पछि रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घट्नेछ । यदि रिचार्ज गरिएको रकम ४० रुपैयाँभन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ । डबल सापटी योजना ९० दिनको लागि मान्य रहने एनसेलले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : १५ बजे