१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

शत प्रतिशत शुल्क बृद्धि गरे क्याम्पस चल्छन् : अध्यक्ष तिवारी



कपिलवस्तु १८ साउन ।
पब्लिक क्याम्पस संघ कपिलवस्तुका अध्यक्ष नवराज तिवारीले हाल विद्यार्थीबाट लिईरहेको शुल्क शत प्रतिशत वृद्धि गरेमात्र क्याम्पसहरु सञ्चालन हुन सक्ने बताउनु भएको छ । सामुदायिक टेलिभिजन बुद्धआवाज संग समय संदर्भ कार्यक्रममा अन्तरवार्ता दिदै उहाँले यस्तो बताउनु भएको हो ।
विद्यार्थीहरु शुल्क बृद्धिका विरुद्ध आन्दोलित भैरहेका बखत अध्यक्ष तिवारीले क्याम्पस चलाउन शुल्क बढाउनुको विकल्प नरहेकाले यो बाध्यतालाई विद्यार्थीहरुले पनि बुझ्ने तर्क गर्नुभयो । स्थानिय तहको चुनाव भैसकेको प्रसंग उल्लेख गर्दै अध्यक्ष तिवारीले कुल बजेटको २ प्रतिशत उच्च शिक्षामा खर्च गर्न स्थानिय तहहरु तयार हुने हो भने अब आइन्दा शुल्क बढाउने काम आफुहरुले नगर्ने स्पष्ट पार्नु भयो ।

जिल्लामा ८ वटा पब्लिक क्याम्पस रहेको र ति क्याम्पसमा ३ हजारको सेरोफेरोमा विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गरिरहेको जानकारी दिदै गुणस्तरिय शिक्षाका लागी एक विद्यार्थीबाट वर्षभरीमा ३३ हजार भन्दा बढि शुल्क लिन जरुरी रहेको उहाले प्रष्ट्याउनुभयो । हाल हरेक विद्यार्थीले यो रकमको आधा भन्दा पनि न्यून रकम मात्र तिर्दै आएकाले शुल्क वृद्धि औचित्यपूर्ण रहेको दाबी गर्नु भयो । पब्लीक क्याम्पसमा अध्यापन गराउने जनशक्ती गुणस्तरिय राख्नु पर्ने तर विद्यार्थीले समय सापेक्ष शुल्क तिर्नु नपर्ने भन्ने तर्क विरोधाषापूर्ण रहेको जिकिर गर्नु भयो ।

पब्लीक क्याम्पस संघले यसै शैक्षि सत्रबाट लागुहुने गरी मार्षिक शुल्क ७ सय ५० बाट बढाएर १२ सय ५० पुराएको छ भने भर्ना शुल्कमा करिव १ हजार बढी वृद्धि गरेको छ । शुल्क वृद्धि संगै विद्यार्थी संगठनले आन्दोलनको घोषणा समेत गरिसकेका छन् । विद्यार्थीको आन्दोलन गती हेर्दै २ पाईला अघि बढेर एक पाईला पछि फर्कने रणनितीमा पब्लीक क्याम्पस संघ रहेको संकेत मिलेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ३ : ३६ बजे