१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बुटवलमा फेसन प्रतियोगीता हुने



शिब भुसाल, दक्षिण कोरीया ।
आगामी भदौ दोस्रो साता बुटवलमा फेसन प्रतियोगीता गरिने भएको छ । सेभेन हार्ट ईण्टरटेण्मेण्ट प्रा.लि.ले आयोजना गर्ने उक्त प्रतियोगीताको तैयारीको काम भईरहेको प्रतियोगीताका संयोजक सुजित बस्यालले जानकारी दिनुभयो ।
प्रतियोगिताको पुर्वसन्ध्यामा संस्थाले बुटवलमा फेसन रन वे सम्बन्धि तालिम समेत सम्पन्न गरिसकेको बताएको छ । उक्त फेसन रन वे सम्बन्धी तालिममा ४० जनाको सहभागीता रहेको थियो ।
लुम्बिनी फेशन परेड २०१७ नाम दिईएको उक्त प्रतियोगीतामा उत्कृष्ट हुने मोडललाई नगदले सम्मान गरिनुका साथै म्युजिक भिडियोमा खेल्ने अवसर समेत प्रदान गरिने आयोजक अरुण थापाले जानकारी दिनुभयो । प्रतियोगीतामा मोडल क्षेत्रमा लागेका युवायुवतीहरुले भाग लिनेछन् ।

 

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ८ : ०९ बजे