१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अहेब मुराउको यस्तो दादागिरी ! विरामीमाथि अभद्र व्यवहार



इमरान खान, कपिलवस्तु १२ भाद्र ।
जिल्लाको सदरमुकाम तौलिहवामा रहेको पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटका कर्मचारी अ.हे.व. उग्रसेन मुराउले विरामीहरु माथि अभद्र व्यवहार गरेको समाचार छ ।
चोटपटक लागेर इमरजेन्सीमा जाँदा सामान्य मलमपट्टी र टिटानसको सुई समेत लगाउन आलटाल गर्ने विरामीहरुलाई फर्काउने गरेको स्थानियबासी साधुप्रसाद गुप्ताले गुनासो गरे । स्थानिय ब्यवसायी साधुप्रसादकी आमाको खुट्टामा सीसाले काटेर अस्पताल पुग्दा अ.हे.व. मुराउले उपचार नगरी फर्काइ दिएपछि एउटा मेडिकल गई उपचार गर्नुपरेको उनले बताएका छन् ।
निज अ.हे.व.मुराउले यस अघि पनि यस्तै प्रकारले विरामीहरुलाई उपचार सुविधा नदिने उल्टै अभद्र बोलि तथा व्यवहार देखाएर भगाउने गरेको आरोप स्थानीयहरुको रहेको छ । निजले अस्पताल समितिबाट पाएको कुर्सीको धाक देखाउने, उपचार गर्न अटेर र आलटाल गर्ने गरेकोले विरामीहरुले आक्रोश पोखेका छन ।
उतm अस्पतालमा आफ्नी आमाको हृदयरोग सम्बन्धि समस्याका कारण हिँडन नसक्ने अवस्थामा पुगेको र अ.हे.व.मुराउले ग्लुकोज मात्र चढाइदिएर कुनै डाक्टर न बोलाई कुनै वास्ता नगरेको माओवादी केन्द्रका जिल्ला कार्य समिति सदस्य तुफेल खानले बताए ।
स्थानीय सञ्चारकर्मी इमरान खानले विरामी माथि अस्पतालले हेलचेक्र्याईं गरेको भन्दै अस्पताल परिसरमा पुगीअ.हे.व.मुराउ सँग डिउटीमा कुन डाक्टर रहेको सोध्दा तथा डाक्टर खोजी गर्दा निज मुराउले खान माथि अपशब्द प्रयोग गर्नुका साथै हातपात समेत गर्न खोजेका थिए ।
अस्पताल जस्तो संवेदनशील ठाउँमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने कर्मचारीले उल्टै विरामीहरु माथि अभद्र व्यवहार गर्ने गरेको भन्दै स्थानीयबासीले अ.हे.व.मुराउ माथि कारवाही अघि बढाउन माग गरेका छन ।
अन्यथा पीडितहरुले जिल्ला जनस्वास्थ्य प्रमुखको कार्यालय तथा सम्बन्धित निकायमा गई आवश्यक कदम चाल्नुपर्ने अवस्था आउने स्थानीय साधु प्रसाद गुप्ता बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १२ : ५२ बजे