१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शिवराज नगरपालिकाका मेयर अधिकारीलाई पितृशोक



मायादेवी अनलाइन, कपिलवस्तु, १२ भदौ ।
शिवराज नगरपालिकाका मेयर तथा नेकपा एमालेका नेता नेत्रराज अधिकारीलाई पितृ शोक परेको छ ।

सोमबार विहान ५ बजे अधिकारीका बुबा चन्द्रकान्त अधिकारीको ९६ बर्षको उमेरमा निधन भएको हो । स्वर्गिय अधिकारीको पार्थिव शरिरलाई सोमबार नै लक्ष्मणघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

मृतक अधिकारीका तीन छोरा र दुई छोरी रहनुभएको थियो । जसमा तीन छोराहरुमा नेत्रराज अधिकारी, शिव अधिकारी र कृष्णा अधिकारी हुनुहुन्छ । जस मध्ये शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी जेठो छोरा हुनुहुन्छ । आमाको भने यस भन्दा पहिला नै निधन भएको थियो ।

स्वर्गिय अधिकारी एक असल सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । सामाजिक रुपान्तरणमा उहाँको अतुलनिय योगदान रहेको बताइन्छ । मृतक अधिकारीकोे दुई श्रीमती हुनुहुन्थ्यो । उहाँहरुको यस भन्दा पहिला नै निधन भैसकेको छ । अधिकारीको अन्तिम दाहसंस्कारमा सयौ जनाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ४ : ३४ बजे