७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एमाले कपिलवस्तु कठोर ! चुनावमा अन्तर्रघात गर्ने ६२ जना कार्रबाहिमा



मायादेवी अनलाइन, कपिलवस्तु १३ भदौ ।
स्थानिय तहको निर्वाचनमा विद्रोही हुने अन्तर्रघात गर्ने सुर्य चिन्हमा मत नहाल्ने पार्टिका जिल्ला नेता देखि सदस्य सम्मका ६२ जनालाई नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले कारवाहि गरेको छ ।
उनीहरुलाई पार्टि विधानको धारा ४९ को दफा क ३ र ८ बम्मोजिम कसुरको आधारमा कार्रवाहि गरिएको पार्टिका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्यहरु पुर्ण चन्द्र परियार, फुल कुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटिबाट निलम्बन गरिएको छ ।
त्यस्तै वलराम भुषाल, मनेश्वरी श्रेष्ठलाई पार्टि कमिटिबाट निष्काशन गरिएको छ । त्यस्तै गरि रामवहादुर गन्र्धवलाई पार्टि कमिटिले निलम्बन गरेको छ । त्यस्तै रामलखन जयसवाल, वर्षादी यादवलाई पार्टिबाट निस्काशन गरिएको छ ।
यस्तै राम शंकर थारु, वावुराम भुषाल, काद्दिन मुसलमान, तिलकराम कडेल, मेवालाल गुप्ता, अजय त्रिपाठी लगायतका १५ जनालाई पार्टिबाट निस्काशन गरिएको छ । माधव गौतम, उमेश गिरी, खिमलाल कडेललाई पार्टि सदस्यबाट निस्काशित गरिएको छ ।
त्यस्तै गरि कार्रवाहिमा पर्नेमा विमला नेपाली पार्टि सदस्यताबाट निस्कासन, टिकाराम सुनार मुक्ति समाजको अध्यक्षबाट निस्काशन गरिएको छ । त्यस्तै गरि छवीलाल थारु, उदय थारु लगायतका ६२ जनालाई कार्रवाहि गरिएको पार्टि सचिव वावुराम आचार्यले जानकारी दिनुभयो ।
वैठकले आगामी माग सम्मको कार्ययोजना समेत तय गरेको छ । साथै वैठकले जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटिमा केहिलाई मनोनयन गरेको छ । वैठकले निर्वाचनमा सहयोग पुर्याउने प्रहरी प्रशासन, संचारकर्मी सवै प्रति आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  १ : ३५ बजे