१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु नगरपालिको बजेट ६१ करोड २४ लाख विनियोजन



कपिलवस्तु, १३ भदौ ।
कपिलवस्तु नगरपालिकाको चालु आर्थिक बर्ष २०७४÷०७५ को कुल अनुमानित बजेट ६१ करोड २४ लाख ५९ हजार प्रस्तुत गरिएको छ । कपिलवस्तुको तौलिहवामा नगरपालिको प्रथम नगर सभामा नगर प्रमुख किरण सिंहले बजेट नीति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा सो प्रस्तुत गर्नु भएको हो । कुल बजेट मध्ये चालु २८ करोड ३० लाख ४० हजार तथा पुजीगत बजेट ३२ करोड ९४ लाख १८ हजार रहेको छ ।
पुर्वाधार विकासमा २२ करोड ७२ लाख, सामाजिक विकासमा २ करोड ९८ लाख, आर्थिक विकासमा ३ करोड ६५ लाख, वातावरण, खानेपानी सरसफाई तथा प्रकोप ब्यवस्थापनमा ९० लाख, संस्थागत विकास तथा सेवा प्रभाहमा २ करोड १० लाख प्रबद्र्धनात्मक कार्यक्रममा ५७ लाख बजेट बिनियोजन गरिएको छ ।
ऐतिहासिक र पर्यटकीय क्षेत्रले भरिभराउ रहेको कपिलवस्तु नगरपालिकामा पुर्वाधर तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने प्रमुख सिंहले बताउनुभयो । नगर क्षेत्र भित्र रहेका सडकहरुको ब्यवस्थित निर्माण र संचालनका लागि सडक यातायता गुरुयोजना संजालको बिस्तार गरिनेछ ।
सो अवसरमा नगर सभाको उद्घाटन गर्दे सरसफाई राज्य मन्त्री अब्दुल रज्जाकले प्रशस्त पर्यटकीय संभावना रहेको कपिलवस्तु नगरपालिकालाई नमुना बनाउन अब ढिलाई गर्न नुहने बताउनु भयो ।
सो कार्यक्रममा पुर्व राज्य मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले पुरानो नगरपालिकाका रुपमा रहेको कपिलवस्तुमा लामो समय पछि परिवर्तन आएकाले विकासले गति लिने बिश्वास ब्यक्त गर्नुभयो । यस्तै सांसद अतहर कमालले नगरपालिकाले पुर्वाधार र पर्यटकीय स्थलको विकासलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  १ : ४३ बजे