१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्नातक पहिलो वर्षको परीक्षा सरेको सरै



काठमाडौं, १३ भदौ ।
त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्नातक तहको पहिलो वर्षको भदौ १७ गते हुने परीक्षा सारेको छ ।
मुस्लिमको महान चाड बकर इद १७ गते परेकाले परीक्षा सारिएको परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर जानकारी गराएको छ ।
भदौ १७ गते हुने तय भएको परीक्षा भदौ ३१ गते हुनेछ । यसअघि तराईमा आएको बाढी र डुवानका कारण परीक्षा सारिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  ११ : ०१ बजे