१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका विरामीको चाप, एक बर्षमा ५ सय ५५ जनाको उपचार



चुरामणि अर्याल, कपिलवस्तु, १३ भदौ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा एक वर्षमा ५ सय ५५ जना सर्पले डसेका बिरामीको सफल उपचार भएको छ ।

नेपाली सेनाको नारायण दल गणको प्राविधिक र बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रले यहि भदौ १२ गते सम्म ५ सय ५५ जना बढी सर्पले डसेका बिरामीको उपचार गर्न सफल भएको हो ।

यस वर्ष जिल्लाका ३ सय ५०, दाङका ८५, रोल्पाका ४०, प्युठानका ४५ र रुपन्देहीका ३५ जना सर्पले डसेका बिरामीको उपचार सफल गरिएको सर्पदंश उपचार केन्द्र गोरुसिंङ्गेका सचिव नविन भण्डारीले जानकारी दिनुभयो ।

असार महिनामा मात्र सय बढी बिरामीको उपचार गरिएको थियो । यहाँ वर्षायाममा विरामीको चाप बढी हुने गरेको छ ।

यसवर्ष समयमै उपचार नपाउदा ३ जनाको मृत्यु भएको छ । विषालु सर्पले डसेका विरामीको सङख्यामा भने कमी आएको छ । अरु बिरामीको तुलनामा महिला बिरामी बढि आउने गरेको भण्डारीले जानकारी दिनुभयो ।

सर्पले डस्ने वित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा बिलेटले चिर्ने लगायतका कार्य नगरी तुरुन्त अस्पतालमा आउन उहाले आग्रह गर्नुभयो । दशवर्ष अघि स्थापना भएको यो उपचार केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरीएको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  ११ : ४५ बजे