१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वाणगंगा वैरियामा सुजुकी ब्राण्डको ईग्निस कार पाइने, तत्काल खरीद गरे २ लाख सम्मको छुट !



मायादेवी अनलाइन, कपिलवस्तु, १३ भाद्र ।
नेपालमै पहिलो पटक सुजुकी कम्पनिले नयाँ ब्राण्डको कार भित्राएको छ । मङ्गलबार देशभरका सुजुकीका आधिकारिता विक्रेताहरुले नयाँ कारको लन्च गरेका छन । कपिलवस्तुको जीतपुर चारनम्बरमा पनि मङ्गलबार सोहि कारको लन्च गरीएको छ । ईग्निस नाम दिइएको यो कार १२०० सी सी को कार हो ।
सुजुकी कम्पनीद्धारा निर्मित कारहरु मध्ये यो कारमा बच्चाको लागि अलग्गै सीट राख्न सकिने, बेश अप्सन मै एयर ब्याग, स्टेयरीङ्ग मै म्युजिक कन्ट्रोल सीस्टम लगायतका बिशेष सुबिधाहरु उपलब्ध रहेका छन । नेपालमा उक्त कारको मुल्य अठ्ठाईस लाख उनानब्बे हजार देखी पैतिस लाख उन्नाईस हजार सम्मको मूल्य तोकिएको छ ।
कपिलबस्तु जिल्लाको वाणगंगा नपा बैरीया स्थित सगरमाथा अटो मोबाईल्सले पनि यो कार लन्च गरेको हो । सगरमाथा अटो मोबाईल्सले यो कारको खरीदमा दुई लाख छुटको ब्यबस्था गरेको छ ।
कम्पनीले तत्काल रेड, ब्लु, शील्भर, र ग्रे गरी चार र¨का कार उपलब्ध गराउने जनाएको छ । ईग्निस कारको लन्च गरेको दिन देखिनै अन्य सवारी किन्दा पनि आउँदै गरैको दशै तिहारको उपलक्ष्यमा स्किम शुरु गरीएको बैरीया स्थित सगरमाथा अटोमोबाईल्सले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  १ : ४३ बजे