१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हेमराज माविका शिक्षक हरिलाल विश्वकर्माको निधन ।



कपिलवस्तु, १३ भदौ ।
वाणगंगा नगरपालिका वडा नम्बर ११ मा अवस्थित हेमराज माविका शिक्षक हरिलाल विश्वकर्माको गएराती निधन भएको छ । लामो समय शिक्षण पेशामा रही कार्य गर्नु भएका विश्वकर्माको निधन प्रति विद्यालय परिवार शोकाकुल भएको छ ।
साथै उहाँको असमाहिक निधन प्रति नेपाल राट्रिय शिक्षक संघ र नेपाल राट्रिय शिक्षक संगठन कपिलवस्तुले दुख प्रकट गरेको छ । साथै ओदारी श्रोत केन्द्र र वाणगंगा श्रोत केन्द्र अन्तरगत रहेका सामुदायिक विद्यालय बुधबार एक दिनको लागि बन्द गरिने भएको छ ।
राट्रिय शिक्षक संगठनका अध्यक्ष जगन्नाथ मरासिनीका अनुसार सबै शिक्षक संगठनको विचमा बैठक बसी बुधबार एक दिनको लागी शोक विदा गरिएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  २ : २७ बजे