१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ट्रेक्टर मालिक समेत नदीजन्य पदार्थ चोर्न वाणगंगा पसे ! मुद्धा चलाउने तयारी



अशोक पौडेल, जितपुर, १४ भदौ ।
बाणगंगा खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ चोरी गर्ने क्रममा ईलाका बन कार्यालय पिपराले ट्रेक्टर पक्राउ गरेको छ । नदीजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा लु ३ त ६१११, लु ३ त २६४१, लु ३ त २६३७ नः को ट्रेक्टर र सोका सवारी धनि प्रकाउ परेका हुन ।

उनीहरुलाई बन ऐन अनुसार मुद्या चलाइने सहायक बन अधिकृत प्रकास ठाकुरले जानकारी दिनुभयो । पछिल्लो समय बाणगंगा नदिमा नदिजन्य पदार्थको चोरी निकासी ब्यापक बढेको यहाँका स्थानियहरुले बताएका छन ।

ब्यापक जनगुनासो बढेकोले रातको समयमा गस्ती टोली बढाउनुका साथै चोरी निकासी नियन्त्रणमा बिशेष ध्यान दिएको उहाको भनाई रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  २ : ०७ बजे