८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चोरको यस्तो काइदा ! मालिकलाई मरणासन्न कुटपिट पश्चात रकम लुटपाट



किरणमान व्रजाचार्य, कपिलवस्तु, १४ भदौ ।
लुटेराहरुले सोमवार मध्यरातमा कपिलवस्तु नगरपालिका– ६ गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा साढे चार लाख लुटपाट गरी फरार भएका छन ।
मुखमा पट्टी बाधेर ५ जनाको संख्यामा आएका लुटेराहरुले हार्डबेयर मालिक राजु तेलीलाई मरणासन्न हुने गरी कुटपिट गरी सो रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
राति १ बजेतिर पसलमा प्रबेश गरी तेलीलाई निर्घात कुटपीट गरी रकम लुटेर भागेका थिए । लुटेराहरु भागे पछि गाउँमा होहल्ला भएको थियो ।
घटनास्थल सशस्त्र प्रहरीको बीट देखि करिब २ सय मिटर भित्र रहेको छ । ‘रकम दिन नमान्दा ज्यान नै मार्ने धम्की दिदै निर्घात कुटपीट गरे पछि बाध्य भएर लुटेराहरुलाई रकम दिएको पीडीत तेलीले गुनासो गर्नुभयो ।
तेलीको टाउको शरीरको बिभिन्न भागमा गहिरो चोट लागेको छ । उहाँको रुपन्देही स्थित युनीभर्सल मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । हार्डबेयर पसलमा बिक्री भएको रकम उहाँले प्रायःजसो घरमै राख्ने गर्नु हुन्थ्र्योे ।
घटनामा संलग्न भएको आरोपमा २ जना शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक प्रलाह्द अधिकारीले बताउनुभयो । लुटेराहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  २ : ३३ बजे