६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

वाणगंगा क्षेत्रका सामुदायिक विद्यालय आज बन्द हुने



मायादेवी अनलाइन, कपिलवस्तु, १४ भदौ ।
हथौसामा रहेको हेमराज माविका शिक्षक हरिलाल विश्वकर्माको सोमबार राती निधन भएको कारण आज यस क्षेत्रका सामुदायिक विद्यालय बन्द गरिने भएकोछ । लामो समय शिक्षण पेशामा रही कार्य गर्नु भएका विश्वकर्माको निधन प्रति एक दिनको शोक विदा दिइएको हो ।
उहाको असमाहिक निधन प्रति मङ्गलबार बैठक बसि नेपाल राट्रिय शिक्षक संघ र नेपाल राट्रिय शिक्षक संगठन कपिलवस्तुले गहिरो दुख प्रकट गरेको छ । साथै ओदारी श्रोत केन्द्र र वाणगंगा श्रोत केन्द्र अन्तर्रगत रहेका सामुदायिक विद्यालय बुधबार एक दिनको लागी बन्द गर्ने निर्णय भएकोछ ।
सोहि निर्णय अनुसार यस क्षेत्रका विद्यालय बन्द गरिएको राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  २ : ३८ बजे