१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भारतबाट शौच गर्न नेपाल ! खुलम खुला शौच गर्दै गर्दा प्रहरी आएपछि कस्तो हैरान !



कपिलवस्तु, १४ भदौ ।
कपिलवस्तु नगरपालिका– २ बुद्धस्थलमै खुला शौच गर्दै गर्दा प्रहरी आएपछि कम्ति विजोग भएन ! विहानै हातमा जर्किन बोकि बुद्धस्थल निग्रोधराममा शौच गर्न बसिरहेको बेला प्रहरी आएर एका एक छोप्यो । फेरी शौच गर्ने एक दुई जना होइनन । हुलै बसेका थिए, पाँच पाँच जना ! तिनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दहवा गाउँका २ र भारतको सिद्धार्थ नगर जिल्लाका ३ जना रहेका छन् । खुला शौच गरेको भन्दै नियन्त्रणमा लिई ४ घण्टा सम्म प्रहरी कार्यालयमा राखिएको थियो ।
खुलम खुल शौच गर्नेहरुमा स्थानीय हरिराम पासी, बेकारु पासी तथा भारतको सिद्धार्थनगरका बर्साती लोहार, सोमई लोहार र राजु पासी रहेका थिए । शौच गर्ने तीन जना भारतीय नागरिक हुन । उनिहरु नेपाल शौच गर्न आएका हुन कि कुनै काम विशेषले नेपाल आउदा त्यहा शौच गर्न गएका हुन अनुसन्धानको बिषय बनेको छ ।
उनीहरु दिनहु जसो त्यही शौच गर्ने गर्थे । धार्मिक पर्यटकिय स्थलमै शौच गर्नेहरु माथि प्रहरीले समाति राम्रै दनक दिएको छ । खुलम खुला शौच गर्नेलाई प्रहरीले खोजेर समातेको भने होइन । शौच गरेको दुरुस्तै आँखा अगाडी देखे पछि कपिलवस्तुका सहायक प्रजिअ रामेश्वर अर्यालले प्रहरीलाई खबर गर्नुभएको थियो । बिहानै मर्निङ वाकमा निस्किनुभएका उहाले शौच गर्नेलाई देख्नुभएको हो ।
प्रहरी नियन्त्रण्मा रहेका उनीहरुले अब आईन्दा खुला ठाउमा शौच नगर्ने र गाउलेहरुलाई समेत सम्झाउने लिखित गरे पछि ४ घण्टा पछि छाडिएको प्रहरी नायब निरीक्षक प्रलाह्द अधिकारीले बताउनुभयो ।
कपिलवस्तु नगरपालिकामा ४० प्रतिशत बढी घरधुरीहरु अझै पनि खुला ठाउमा शौच गर्ने गरेको नगरपालिको तथ्यांङकमा रहेको छ । जिल्लाको कुल ९२ हजार घरधरी मध्ये २५ प्रतिशतको अझै शौचालय छैन ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  २ : ५८ बजे