८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आयल निगमको जग्गा खरिद घोटालामा अख्तियार समेत संलग्न : सभापति उपाध्याय



मायादेवी अनलाइन, कपिलवस्तु, १४ भाद्र ।
संसदको सार्वजनिक लेखा समितिका सभापति डोर प्रसाद उपाध्यायले भैरहवा आयल निगमको जग्गा खरिद घोटालामा अख्तियार समेत संलग्न रहेको आरोप लगाउनुभएको छ ।

गत साउन २० गते समितिको बैठक बसि जग्गा खरिद प्रकरणमा करोडौ भष्ट्रचार भएको ठहर गर्दै आयोगलाई कार्रबाहि गर्न पत्र पठाए पनि त्यसको कुनै प्रकृया अगाडी नबढेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुले बुधबार वाणगंगामा राखेको पत्रकार सम्मेलनमा बोल्दै सभापति उपाध्यायले जग्गा खरिद प्रकरणमा अनियमितता भएको ठहर स्वरुप समितिले कार्रबाहिका लागि सिफारिस गरे पनि अख्तियार मौन बस्नुले पनि अख्तियारको संलग्नता देखिएको उहाले आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलन भर देशमा अरवौ, करोडौका भ्रष्ट्रचार हुनुगरेका दाबी प्रस्तुत गर्दै बोल्नुभएका उहाले नेपाली राजनीतिमा सार्वजनिक लाभ लिएका व्यक्तिहरुमा भ्रष्टचार बढेकाले सार्वजनिक जवाफदेहिता कमजोर भएको बताउनुभयो । सरकारमा रहेका निकाय र मन्त्रीहरु नै भ्रष्टहरुको संरक्षणमा जुटेको अनुभूति भएको उहाले जनाउनुभयो ।

जहाँ अनिमितता छ, त्यहा सरकारले नियन्त्रण गर्नुपर्नेेमा सरकार भ्रष्टहरुको संरक्षण गरिरहेको छ, अरु बेला चर्का चर्का कुरा गर्ने प्रतिपक्ष पनि भ्रष्टहरुको संरक्षणमा लागेको उहाको आरोप छ ।

आफु समितिको सभापति भएर आइसके पछि वैंकिङ्क तरलता, नरसिंह गार्ड जल विद्युत आयोजनाको डिपिआर तयार घोटला, आयल निगम प्राधिकरणको जग्गा खरिद प्रकृया, एनसेल प्रकरण, आन्तरिक राजश्व जस्ता विषयमा आवश्यक कदम चालेको प्रष्ट पार्नुभयो । देशलाई भ्रष्ट्र मुक्त पार्ने उद्देश्यले समितिले विभिन्न घोटाला उठाउदा माथिल्लो निकायबाट काममा कठिनाई उत्पन्न गराउने चलखेल हुन थालेको पनि उहाले खुलासा गर्नुभयो ।

पछिल्लो समय समिति निक्रिय हुदा काम गरेन भनेर टिप्पणी गर्ने सक्रिय हुदा कार्यकारिणी अधिकार खोस्यो भनेर सार्वजनिक रुपमै बोल्ने प्रथा बढेको पनि सभापति उपाध्यायले बताउनुभयो । व्यवस्थापिका संसदका समितिले मैला हटाउदै गएको सरकारले फोहोर बनाइ रहेको पनि उहाको टिप्पणी थियो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा सभापति डिलाराम भुषालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, पूर्व जिल्ला अध्यक्ष भेषराज पाण्डे, नेकपा माओबादी केन्द्रका नेता द्रोणराज सुवेदी लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव हरी अधिकारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  १ : ४३ बजे