७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सामाजिक परिचालक असन्तृष्ट, मन्त्रालयमा ज्ञापनपत्र पेश



चुरामणि अर्याल, कपिलवस्तु ,१५ भदौ ।
आफुहरुको व्यवस्थापनको माग राख्दै कपिलवस्तुका सामाजिक परिचालकहरुले बुधवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
आफुहरु २०६६ सालदेखि राज्यको अति नै न्युन तलवमा स्थानिय तहको निर्देशनमा पदीय दायित्व निर्वाह गर्दै आएको तर अहिले सम्म राज्यले उचित ब्यवस्थापन गर्न नसकेको भन्दै २ शुत्रीय माग राख्दै मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
कृष्ण गौतम, प्रदिप यादप, बाबुराम रायमाझि लगायतको टोलीले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल मार्फत संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै अर्यालले सामाजिक परिचालकको हक हितको वारेमा आफूले सहयोग पु¥याउने कुरामा विश्वास दिलाउनुभयो ।
स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत कपिलवस्तुका १० स्थानिय तहमा यतिवेला ९० जना सामाजिक परिचालकहरु कार्यरत छन् ।

 

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ४ : ५० बजे