१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१० औ राष्ट्रिय पुस्तकालय दिवस चारनम्बरमा पनि मनाइयो



कपिलवस्तु, १६ भाद्र ।
१० औ राष्ट्रिय पुस्तकालय दिवस कपिलवस्तुमा पनि मनाईएको छ । बाणगंगा सामुदायिक पुस्तकालयले बिहिबार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय दिवस भव्यताका साथ मनाएको हो ।
कार्यक्रम बोल्दै वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले यस नगर तथा कपिलवस्तुको उत्तर खण्डको सान बाणगंगा सामुदायिक पुस्तकालय रहेको बताउनुभयो ।

त्यसका आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । संस्थाका सहसचिव तथा साहित्यकार लेखनाथ घिमिरेको स्वागत मन्तव्य र सचिव धर्मराज घिमिरेको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा पुस्तकालय विषयक कार्यपत्र बरिष्ठ समालोचक कमल चुदालीले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै बिभिन्न साहित्यकारहरु श्रीमोहन ज्ञवाली, सिवचन्द्र अर्याल, लेखनाथ घिमिरे, कृष्ण खनाल, दोण प्रसाद बेल्बासे, पुनाराम गिरी लगायतले पुस्तकालय बिषयक तथा बिभिद रचना प्रस्तुत गरि कार्यक्रमलाई सांगीतिक र मनोरञ्जनात्मक बनाउनु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी, बरिष्ठ समालोचक कमला चुदाली, ईलाका प्रसाशन कार्यालय वाणगंगाका प्रमुख विष्णु घर्ती भनभनेली, जिल्ला शिक्षा कार्यालय तौलिहवाका बिद्यालय निरिक्षक खिम बहादुर जिसी, कपिलवस्तु संचार सहकारीका अध्यक्ष पोमनारायण पौडेल, लगायतले पुस्तकालयको बिकासमा चौतर्फी सहयोग गर्न सम्पुर्णमा आग्रह गर्दै आफुहरु सदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सकारात्मक सोच अभिबृद्धिको बिकास गरौ भन्ने मुल नाराका साथ सुरु गरिएको पुस्तकालय आज ७ महिनामै धेरै फड्को मारि सकेको सहभागिहरुले बताउनु भएको थियो ।

बाणगंगा नगरपालिका जीतपुरमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  १ : २७ बजे