१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुको प्रजिअमा भुजेल, पत्रकार बिच अन्तरकृया



कपिलवस्तु, १६ भदौ ।
कपिलवस्तुमा हालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र जिल्लाका पत्रकारहरु बीच परिचयात्मक अन्तरकृया भएकोछ ।
जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा आयोजित अन्तरकृयामा पत्रकारहरुसंगको भेटघाटका क्रममा बोल्दै प्रजिअ भुजेलले मिडियाको साथ र सहयोग विना प्रभावकारी कार्यसम्पादन हुन नसक्ने आफुले महशुस गरेको स्पष्ट पार्नुभयो । उहाले जिल्लामा शुसासन र विकासका काम तीव्र पार्न संचार माध्यमको सहयोगको अपेक्षा राख्नुभयो ।
सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले बोल्दै जिल्लाका संचार माध्यमको विज्ञापनमा पहिलो हक हुने भएकाले त्यसलाई कार्यान्वयन गर्न प्रजिअले सघाउनु पर्ने वताउनुभयो ।
पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बोल्दै पत्रकार जगतले संचार माध्यममा उठाएका सवालमा प्रजिअले समय सापेक्ष ध्यान दिदै तदनुसार कदम चाल्नु उचित हुने सुझाव दिनु भयो ।
कपिलवस्तु शाखाका पूर्ब अध्यक्ष एवम् बुद्ध आवाज संचार गृहका ब्यवस्थापक भेषराज पाण्डेले पुरातात्विक संपदाको अधिग्रहण ,प्राकृतिक श्रोत साधनको संरक्षण र सदुपयोग, शान्ति सुब्यवस्था वहाली जस्ता काममा अनुचित कडाइका साथ कदम चाल्न आग्रह गर्नु भयो ।
सो अवसरमा पत्रकार वनारसी वर्मा, किरणमान वज्राचार्य, गोपाल भण्डारी, नन्दराम पौडेल लगायतले बोल्दै विभिन्न सुझावहरु राख्नु भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  १ : ३८ बजे