८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेशसभा कति ? (वितृत विवरण सहित )



दिपक अनुरागी, कपिलवस्तु, १६ भाद्र ।
कपिलवस्तुमा प्रतिनिधिसभाको लागि तीन निर्वाचन क्षेत्र कायम गरिएको छ भने प्रदेश निर्वाचन क्षेत्रलाई ६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । विगतमा पाँच निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा हाल प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ६ निर्वाचन क्षेत्र कायम भएको हो । निर्वाचन क्षेत्र निर्धारण आयोगले जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा गरि ९ क्षेत्र कायम गरि सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आयोगले सिफारिस गरेको निर्वाचन क्षेत्र निर्धारणमा प्रतिनिधिसभाको लागि कायम भएका प्रत्येक एक एक क्षेत्रबाट प्रदेशसभाको लागि दुई दुई ओटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रतिनिधिसभामा कायम भएका निर्वाचन क्षेत्र नियाल्ने हो भने तीन ओटै क्षेत्र उत्तर–दक्षिण मिलेका छन् । पुर्व पश्चिम राजमार्गमा सटेका तीन ठुला वाणगंगा, बुद्धभुमि र शिवराजनगरपालिका फरक फरक निर्वाचन क्षेत्रमा परेका छन् ।

प्रतिनिधिसभाका निर्वाचन क्षेत्र
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाका वडा नम्बर ७, ८, ९ र ११ लाई मिलाइ एक निर्वाचन क्षेत्र कायम गरिएको छ ।
यस्तै बुद्धभुमि नगरपालिका, यशोधरा गाउँँपालिका, महाराजगञ्ज नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ८, ९, १०, ११ मिलाइएको छ भने कपिलवस्तु नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ८, ९, १० लाई मिलाएर दोस्रो निर्वाचन क्षेत्र कायम गरिएको छ ।
यसैगरि शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, वियजनगर गाउँपालिका र महाराजगञ्जको वडा नम्बर ५, ६ र ७ वडालाई मिलाई तेस्रो निर्वाचन क्षेत्र कायम गरिएको छ ।

प्रदेशसभाका निर्वाचन क्षेत्र
यस्तै प्रदेशसभाको लागि जिल्लामा ६ निर्वाचन क्षेत्र कायम गरिएको छ । जसमा वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ३ र कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९, १० र ११ लाई मिलाएर पहिलो प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर दुईमा शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ७, र ८ लाई मिलाइएको छ भने कपिलवस्तु नगरपालिकाका वडा नम्बर ७ र ८ लाई पनि मिलाइएको छ ।

यसैगरि निर्वाचन क्षेत्र नम्बर तीनमा बुद्धभुमि नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र महाराजगञ्ज नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ८, ९, १०, ११ लाई मिलाइएको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर चारमा यशोधरा गाउँपालिका, कपिलवस्तु नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, १२ र बुद्धभुमि नगरपालिकाको वडा नम्बर १० लाई मिलाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर पाँचमा शिवराज नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १०, ११ नम्बर वडा, महाराजगञ्ज नगरपालिकाका वडा नम्बर ६, ७, कृष्णनगर नगरपालिकाका वडा नम्बर ६, ७ र ८ वडाहरु कायम गरिएको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर छ मा विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ९, १०, ११, १२, शिवराज नगरपालिकाको वडा नम्बर ९ लाई समावेश गरिएको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  २ : ०८ बजे