८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हर्दौना स्वास्थ्य चौकिले औषधिमा कमी हुन नदिने



अबिनाश बेल्बासे, कपिलवस्तु, १७ भाद्र ।
महाराजगञ्ज नगरपालिका हर्दौना गाबिस अन्तर्गत हर्दौना स्वास्थ्य चौकिका लागि औषधी लगायत आर्थिक सहयोग गर्ने बिभिन्न सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन । स्वास्थ्य सम्बन्धि सार्बजनिक सुनुवाई कार्यक्रममा उनिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।

सामुदायिक रेडियो बुद्धआवाजको ब्यबस्थापन र युएसएआईडीको आर्थिक सहयोगमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

प्रतिबद्धता पत्रमा महाराजगञ्ज नगरपालिकाले स्वास्थ्य चौकिमा प्रयाप्त औषधि उपलब्ध गराउने, गर्भबति महिलाहरुलाई ४ पटक गर्भपति जाँच गर्नका लागि जन चेतना जगाउने खालका कार्यक्रमहरु गर्ने, बर्थिङ सेन्टरका लागि आबश्यक सामाग्रि उपलब्ध गराउने र महिला स्वयम सेबिकाहरुलाई दराज उपलब्ध गराउनुका साथै तालिम तथा जनचेतनाका लागि पहल गर्ने उल्लेख गरीएको छ ।

त्यसैगरी प्रतिबद्धता पत्रमै स्वास्थ्यका लागि ६ लाख बजेट छुट्टाएको समेत जानकारी गराईएको छ । प्रतिबद्धता पत्रमा महाराजगञ्ज नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरी, महाराजगञ्ज नगरपालिकाका स्वास्थय संयोजक राधेश्याम कलवार र स्वास्थ्य चौकि हरदौनाका प्रमुख सुरेश कुमार मण्डलले हस्ताक्षर गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  १ : ४४ बजे