१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गायक बिमलको मार्मिक गीत “दशैं आउछ किन” सार्बजनिक



मायादेवी अनलाइन ।
विजयादशमी तथा शुभ दिपावलीको अवसरमा गायक विमल गैरेले दशै गीत वजारमा ल्याएका छन । अविरल फिलिम्सको प्रस्तुतिमा तयार भएको गीतमा स्वंयम विमल गैरे र सुशिला विश्वकर्माको आवाज रहेको छ भने शव्द स्वंयम विमल गैरेको रहेकोछ, जसमा लय भने विष्णु खत्रीको रहेको छ । वि.सं. २०४९ साल मंसिर २ गते पाल्पा जिल्लाको कचल गाविसमा जन्मिएका गैरे यतिवेला सांगेतिक क्षेत्रमा अघि बढ्दै छन । जन्मस्थान पाल्पा भएपनि गैरे अहिले रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा बसोबास गर्दै आएकाछन ।

विं.स. २०७२ सालमा पहिलो एल्बम स्वरुप गैरेले तीजको एल्बम “ए साईली” दर्शक र स्रोता विच ल्याएका थिएु । यहि एल्बम बाटै गैरेले औपचारिक साङ्गीत यात्राको थालनी गरेका थिए । विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रममा गीत गाए पनि गैरेले औपचारिक रुपमा एल्बम निकालेका भने थिएनन् । “ए साईली ” एल्वमबाट शुरु भएको साङ्गेतिक यात्रा २०७४ साल सम्मामा चार ओटा एल्बममा परिणत भएको छ । दुई ओटा एल्वममा गैरेले शब्द सजाएकाछ्न भने दुईओटा एल्बममा आफैले स्वर दिएका छन ।
अहिले सार्वजनिक भएको दशैं गीतमा गरिबीको कारणले बिदेसिनु परेका नेपाली हरुको कथा ब्यथाहरुलाई समेटिएको छ । बिष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा बर्षा, राजेन्द्र र नाबिनको अभिनय रहेको छ, अविरल फिल्मसले बजार ब्यबस्थापन गरेको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ११ : ५२ बजे