१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

व्यापार संघ कपिलवस्तुले रक्तदान कार्यक्रम गर्दै



मायादेवी अनलाइन, कपिलवस्तु, १० असोज ।
व्यापार संघ कपिलवस्तुले भोली चन्द्रौटामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्नेभएको छ । रक्तदान जीवनदान मुलमन्त्रको साथ व्यापार संघ कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

विजयादशमी, शुभदीपावली र छठ पर्वको पावन अवसर पारि बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको व्यापार संघ कपिलवस्तुका कार्यबाहक सचिव गोपाल बञ्जाडेले जानकारी दिनुभएको छ ।

साथै उक्त अवसरमा प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तुमा किन नबनाउने भन्ने बिषयमा पनि बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा उपस्थित हुनका लागि व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले सबैमा अनुरोध गर्नुभएको छ ।

एक बर्ष अघि प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तुमा बनाउनुपर्छ भन्दै व्यापार संघले खुल्ला अन्तर्रक्रिया राखेको थियो । त्यसको प्रभाव स्वरुप सरकारले पनि कपिलवस्तुको तिलौराकोट क्षेत्र प्रदेश राजधानीको लागि एउटा विकल्प हुन सक्ने बताईसकेको व्यापार संघको दाबीछ ।

 

प्रकाशित मिति : १० आश्विन २०७४ मंगलबार ००:००  १२ : ३७ बजे