१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कटुवा पेस्तोल सहित पक्राउ परेका चौधरी रिया



चुरामणि अर्याल, कपिलवस्तु, १० असोज ।
कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका चौधरीलाई प्रहरीले छाडेको छ ।
दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित आइतवार महराजगञ्ज नगरपालिका–६,सानो बुटहनियामा प्रक्राउ परेका भारत चौधरीलाई प्रहरीले तारेखमा छाडेको हो ।
अनुसन्धानको क्रममा चौधरी निर्दोश देखिएकोले उनलाई सोमबार तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।
थप अनुसन्धानको क्रममा शिवराज नगरपालिका–३ का राहत अलिमिया,अब्दुल कलिम अन्सारी र सोही नगरपालिका–११ का अकबर मुसलवानलाई प्रक्राउ गरिएको अधिकारीले जानकारी दिए ।
अलिमिया र अन्सारीले चौधरीलाई फसाउने नियतले उनलाई हतियार दिएर भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
तिनिहरु ३ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७४ मंगलबार ००:००  १ : ०९ बजे