७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मङ्गलबारदेखि सरकारी कार्यालय बन्द



मायादेवी अनलाइन, कपिलबस्तु, २ असोज ।
नेपालीहरुको महानचाड विजयादशमी नजिकिदै जाँदा आजदेखि सरकारले ६ दिनका लागि सरकारी कार्यालयलाई विदा दिएको छ । नेपालीहरुको सबैभन्दा ठुलो चाडको रुपमा लिइने विजयादशमीमा सरकारले सबैभन्दा धेरै समय विदा दिदै आएको छ ।
सप्तमी तिथि देखि दिइएको विदा विजयादशमीको द्धादशी तिथी सम्म जारी रहनेछ । विदाको अन्तिम दिन आज कपिलवस्तुका सरकारी कार्यालयमा त्यति बढी चहलपहल देखिएन ।
जिल्लाका अधिकांश कार्यालयका प्रमुखहरु कार्यालय अनुपस्थित भएको भेटिएको छ । टाढा टाढा घरभएका कर्मचारीहरु केहि दिन पहिला देखि नै विदामा बसेका थिए ।
यद्यपि अधिकांश सरकारी कार्यालय विदा भएपनि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका कार्यालय, भन्सार कार्यालयका काम भने आंिशक रुपमा खुल्ला रहनेछन ।

 

प्रकाशित मिति : १० आश्विन २०७४ मंगलबार ००:००  २ : ४४ बजे