१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बडा दशैमा ३ जना कैदी रिहा



कपिलवस्तु, १२ असोज ।
बडा दशैका अवसरमा ४० प्रतिशत बढी कैद भुक्तान गरेका कपिलवस्तु कारागारका ३ जनालाई रिहा गरिएको छ ।
असल चालचलनका आधारमा कारागार ब्यवस्था बिभागको निाणर््य अनुसार उनीहरुलाई बाकी कैद मिनाहा गरी रिहा गरिएको हो । कैद मिनाहा गरी रिहा हुनेहरुमा ३ जनै कत्तब्र्य ज्यान मुद्दाका रहेको जेलर रेखा पुन मगरले बताउनु भयो ।
तेज बहादुर थारु, बाझी थारु र एक्सन भन्ने यज्ञ प्रसाद बुढाथोकीलाई रिहा गरी परिवारको जिम्मा लगाईएको जेलर पुनले बताउनु भयो । ४० प्रतिशत कैद भुक्तान असल चालचलनका आधारमा कारागारबाट सिफारिस भएका कैदीहरुको नाम रिहागर्ने लिस्ट बिभागले बनाउने गर्दछ ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  २ : ०७ बजे