१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा ट्रेक्टर दुर्घटना, एक जनाको मृत्यु, दुई जना गम्भिर घाइते



दिपक अनुरागी, कपिलवस्तु, १२ असोज ।
बिहिबार साँझ कपिलवस्तुमा ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । जिल्लाको वाणगंगानगरपालिका वडा नम्बर ११ मर्थीमा ट्रेक्टर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का अन्दाजी २० बर्षिय निरज विश्वकर्माको मृत्यु भएको छ ।
जीतपुर चारनम्बरबाट तौहिलवा तर्फ जादै गरेको लु ३ त ६७६२ नम्बरको टे«क्टर अनियन्त्रित भई सडक छेउमै दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई जना गम्भिर घाइते भएको र उनिहरुको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
घाइतेलाई तत्काल उद्धार गरि स्थानीय कपिलवस्तु सामुदायिक अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार हुन नसके पछि थप उपचारको लागि भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक कार्कीले जनाउनुभयो ।

 

प्रकाशित मिति : १२ आश्विन २०७४ बिहिबार ००:००  ३ : २६ बजे