१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दशै आए संगै कपिलवस्तुमा केराको माग बढ्यो



कपिलवस्तु, १३ असोज ।
बडा दशै अन्तरर्गत नवरात्रमा उपवास बस्ने गरिएकाले कपिलवस्तुमा केराको माग दोब्बरले बढेको छ । घटस्थापनाका दिन देखि ९ दिन सम्म नौरथाको ब्रत बस्ने र पुजाआजा गर्नेहरु बढी हुने हुदा केराको माग दोब्बर भएको हो ।

सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, चारनम्बर जीतपुर लगायत बजारका फलफूल बेच्ने थोक ब्यवसायीहरु अहिले केराको माग बढे पछि ब्यापारले गति लिदा उत्साहित छन् ।

उनीहरुलाई अहिले अन्य फलफुल भन्दा केरा बेच्न चटारो छ । माग अनुसार जिल्लामा उत्पादन नभए पछि ब्यापारीहरुले भारतबाट केरा ल्याउने गरेका छन् । माग बढेको कारण उनीहरुले भारतबाट केरा किनेर ल्याउने गरेका छन् । पहिले दैनिक २० क्विण्टल आसपास केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक ३५ क्बिण्टल बढी बिक्री पुगेको एम आर फ्रुट सेन्टर चन्द्रौटाका सञ्चालक घमालु पठान बताउनुहुन्छ ।

पहिले सातामा एक पटक ट्रकमा केरा आउँथ्यो भने अहिले दुई पटक ल्याउन लागिएको छ । जिल्लाका व्यापारिहरुले भारतका विभिन्न केरा ल्याई बिक्री गरिरहेका छन् । गत बर्ष भन्दा यस बर्ष भने बिक्रीमा केहि कमी आएको उनीहरु बताउछन् ।
यहाँ बासुडी, भुसाबल र नौगडिया जातका केराहरु बिक्री बितरण हुदै आएका छन् । घटस्थापनाका बेला धेरै जना ब्रत बस्ने र पुजाआजा गर्ने हुनाले शुद्ध मानिने फलको रुपमा रहेको केरा बढी प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५८ बजे